काठमाडौँ, ३२ साउन । मोरङमा दुई जना किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बेलबारी नगरपालिका-४ बस्ने ३५ वर्षीय जोसन राईलाई बिहीबार साँझ पक्राउ गरेको हो । राईमाथि १६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।
राईले ती किशोरीहरूलाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्