काठमाडौँ, १ भदौ । गाईभैंसीमा लाग्ने संक्रामक रोग लम्पी स्किनविरुद्धको खोप अभियानअन्तर्गत् बागमती प्रदेशभर झण्डै ७२ हजार पशुमा खोप लगाइएको छ ।
पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक गौरिमान श्रेष्ठका अनुसार यो खोप अभियानको लक्ष्यभन्दा ४ हजारले कम हो । बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा गरि ७६ हजार २७५ गाईभैंसीमा खोप लगाउने लक्ष्य राखेकोमा ७१ हजार ९७७ पशुमा खोप लगाइएको हो ।
मन्त्रालयले २५ साउनदेखि ३१ गतेसम्म ११९ वटै स्थानीय तहको समन्वयमा खोप अभियान चलाएको थियो ।
बागमती प्रदेशको १३ वटा जिल्लामा गाई/गोरु/साँढे ३६ हजार ९ सय १४, बाच्छा/बाच्छी १० हजार १ सय १३, राँगो/भैंसी १६ हजार ७ सय ३८ र पाडा/पाडी ८ हजार २ सय १२ वटा गरी ७१ हजार ९ सय ७७ वटा पशुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्