एजेन्सी, १ भदौ । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
शुक्रबार सरकार प्रमुख युनुसले थप चार मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा वाहिदुद्दिन महमुद, अली इमाम मजुम्बर, मोहम्मद फौजुल कबिर खान र जहंगिर आलम चौधरी मन्त्री बनेका छन् ।
वाहिबुद्दिन महमुद अर्थविद् हुन्। उनी सन् १९९६ को अन्तरिम सरकारमा सल्लाहकार समेत थिए । मोहम्मद फौजुल कबिर खान पूर्व सचिव हुन् भने चौधरी सेनाको अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन्। मजुम्बर पनि पूर्व क्याबिनेट सचिव हुन् ।
उनीहरूलाई शुक्रबार नै राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मन्त्रिपरिषद् विस्तारसँगै युनुसले मन्त्रीहरूको जिम्मेवारी हेरफेरसमेत गरेका छन् । गृहमन्त्री सेखावत हुसैनको स्थानमा अवकासप्राप्त लेफ्टिनेन्ट जनरल जहंगिर आलम चौधरीलाई पठाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्