राजनीति

बानेश्वरमा युवाको समूह र प्रहरीबीच नयाँ धकेलाधकेल



काठमाडौँ, १ भदौ । भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग शनिबार काठमाडौँमा प्रदर्शन गरिएको छ । 

प्रदर्शनका क्रममा युवाको समूह र प्रहरीबिच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनरत युवाबिच धकेलाधकेल भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भइरहेको छ । विधेयकमा रहेको ‘मुद्दा चलाउने अवधि: भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने’ प्रावधानमा सत्ताधारी दलहरूबिच नै गहिरो मतभेद देखिएको छ ।