समाचार

दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, २ भदौ । दैलेखमा भारी वर्षा भएको छ ।

आज बिहान ५ बजे दैलेखस्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सो क्षेत्र भई बहने बेस्तडा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता विभागले आग्रह गरेको छ ।