Banner News

 १ वर्षमा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौँ, २ भदौ । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । 

आज गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो आव २०७९/८० को तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको जनाएको हो । 

राष्ट्र बैंककाअनुसार गत आवमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएका छन् ।  गत आवमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।