राजनीति

सभापति लामिछानेलाई भदौ ७ गते बयान लिने तयारी



काठमाडौँ, ३ भदौ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

समितिका अनुसार भदौ ७ गते समितिमा बोलाएर लामिछानेसँग बयान लिने तयारी भइरहेको छ ।  पूर्वगृहमन्त्री समेत रहेका सांसद रविसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिएको छ ।