काठमाडौँ, ३ भदौ । बजारमा अण्डाको मूल्य घटेको छ । माग घटेसँगै मूल्य घटेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताए।
उनका अनुसार न्यूनत प्रतिक्रेट २० रूपैयाँदेखि ६० रूपैयाँले मूल्य घटेको हो । साउन महिनाको सुरूआतदेखि नै अण्डा बिक्रीमा गिरावट आएको थियो ।
अण्डा नबिकेपछि थोरै–थोरै गरेर मूल्य घटिरहेको थियो तर संघले समर्थन भने जनाएको थिएन । आइतबार संघले बैठक बसेर सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटेको जानकारी दिएको हो ।
नयाँ मूल्य अुनसार किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ३०, ठूलो अण्डा चार सय ९० र एक्सेल अण्डा पाँच सय १० रूपैयाँ तोकिएको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ९०, ठूलो अण्डा पाँच सय १० र एक्सेल अण्डा पाँच सय ३० रूपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्