समाचार

आजको मौसम



काठमाडौँ, ४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।