राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत



काठमाडौँ, ४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । 

आज आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत मात्र परेको  छ । 

आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  आज आचार्यलाई  एमाले र कांग्रेससहित  जसपा, लोसपा र  नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन्।