काठमाडौँ, ५ भदौ । कैलालीमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । जिल्लाको अधिकांश स्थानमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ ।
मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो ६ घण्टामा धनगढीमा ९०.२ मिलिमिटर वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । धनगढीमा अहिले पनि वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्