राजनीति

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । 

मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग पराजित बनेकी हुन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा  झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । उनै झाँक्री १० ‍औँ महाधिवेशनपछिको पदाधिकारी चयनमा पराजित बन्न पुगेकी हुन् ।