Banner News

म प्रधानमन्त्री बन्ने लाइनमा छैन : मन्त्री राणा



धनगढी, १३ भदौ । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छिन् ।

बिहीबार धनगढीस्थित आफ्नै निवासमै पत्रकार सम्मेलन गर्दै उनले  उनले कांग्रेस पार्टीभित्र थुप्रै नेताहरू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै आफू त्यसको लाइनमा नभएको बताइन् ।

उनले भनिन्, ‘बाहिर मेरो बारे जे जस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्री ज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।’