Banner News

प्रगतिशील तथा पेशागत इन्जिनियरहरुको चुनावी एजेण्डाहरुमा मुख्य मन्त्रीको प्रतिबद्धता



सुर्खेत, १३ भदौ । नेइए ३४औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनावी प्रचार अभियान तथा मतदाता भेटघाट कार्यक्रमको सिलसिलामा आज मिति २०८१ भाद्र १३ गते विरेन्द्रनगर, सुर्खेतमा उम्मेदवार परिचय तथा इन्जिनियर/आर्किटेक्ट भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयहरु जलस्रोत तथा जलस्रोत विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय लगायत कार्यालयका इन्जिनियर/आर्किटेक्टहरुसँग बृहत अन्तर्क्रिया भयो । आगामी भाद्र २८ गते सम्पन्न हुन गइरहेको इन्जिनियर/आर्किटेक्टहरुको छाता संगठन नेपाल इन्जिनियर्स एशोसियसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समिति निर्वाचनमा प्रा.डा. विष्णु प्रसाद पाण्डेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको प्रगतिशील समूहले निर्वाचन अभियानलाई तिव्र बनाएको छ

कार्यक्रमको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलसँग भेटघाट तथा समग्र इन्जिनियरिङ्ग क्षेत्रका समस्याका विषयमा समेत छलफल भएको छ । मुख्यमन्त्रीज्यूले प्रगतिशील इन्जिनियर/आर्किटेक्टहरुको समस्याहरुको सन्दर्भमा चासो व्यक्त गर्दै इन्जिनियरहरुले जागिरको लागि सेवा प्रवेश गर्दा स्थानीय तहमा कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराईएको पाइएकोले यस्तो विभेदपूर्ण नीति र प्रक्रियाको अन्त्य गर्दै सेवा प्रवेश बिन्दु सातौं तह हुनुपर्ने मागको सम्बन्धमा ऐक्यबद्धता जनाउँदै सो को चाँडो भन्दा चाँडो कार्यान्वयनको लागि आजकै मितिदेखि प्रक्रिया थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ३४ बुँदे घोषणापत्र सहित देशव्यापी निर्वाचन अभियानमा रहेको प्रगतिशील समूहको चुनावी घोषणापत्रमा यो एजेण्डालाई प्रमुखताका साथ उठाइएको छ । प्रगतिशील समूहको पक्षमा देशभर उत्साहजनक माहौललाई देखिएको जानकारहरुले बताएका छन् ।

प्रगतिशील समूहसँग रहेको अनुभव, योग्यता, क्षमता, ऊर्जा तथा इञ्जिनियरिङ्ग क्षेत्रमा गरेको योगदान नै जितका सशक्त आधारहरु रहेको अग्रज इन्जिनियर तथा बुद्धिजिवीहरुले बताएका छन् । इञ्जिनियरिङ्ग काउन्सिल ऐन, २०५५ बमोजिम स्थापित संस्था नेपाल इञ्जिनियरिङ्ग काउन्सिलको तथ्यांक अनुसार हालसम्म कूल इन्जिनियरिङ्गका कूल ५५ विधामध्ये विभिन्न ४४ विधाका करिब ८५ हजार इञ्जिनियरहरु काउन्सिलमा दर्ता भइसकेका छन् । काउन्सिलमा हालसम्म आबद्ध भएका ५० भन्दा बढी इञ्जिनियरिङ्ग कलेजहरुले वार्षिक सरदर ३,५०० देखि ४००० इञ्जिनियर उत्पादन गर्ने अनुमान रहेको छ ।नेपालमा इञ्जिनियरहरुको छाता संगठनको रुपमा “नेपालइञ्जिनियर्स एशोसियसन” (ने.इ.ए.)रहेकोछ ।”ज्ञान नै शक्ति, श्रम नै भक्ति” भन्ने मूल नाराका साथ नेपालको सर्वाङ्गीण विकासको क्रममा देशका इन्जिनियर समुदायको भूमिका सुव्यवस्थित रप्रभावकारी बनाउनको साथै समुदायको पेशागत हित र समुन्नतिका लागि संगठित तवरले सामुहिक रुपमाकाम गर्न मुनाफारहित एवं गैर राजनैतिक सार्वजनिक प्रकृतिको गैर सरकारी सामाजिक संस्थाको स्थापना गर्ने उद्देश्यले सन्१९६२ (वि.सं. २०१९)मा स्थापना भएको यस एशोसियसनले स्थापना कालदेखि नै इञ्जिनियरहरुको हकहितको विषयमा आवाज उठाउँदै आएकोछ ।३४औ कार्यकारिणी समितिको निर्वाचनका लागि आजिवन, फेलो र नवीकरण गराई निर्वाचनका लागि योग्य भएका मतदाता १८६०१ छन् ।