काठमाडौँ, १४ भदौ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई बिहीबार साँझ ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको हो ।
नाम नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्