समाचार

सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु



काठमाडौँ, १४ भदौ । पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजाको मृत्यु भएको हो ।

घटनास्थलमा उद्धार गरेर अस्पताल लगेपछि उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।  विनयी त्रिवेणी गाउँपालिका घर भएका प्रकाशसिंह क्षेत्रीको शव जिल्ला अस्पताल नवलपरासी पश्चिममा राखिएको छ । अन्य दुई जनाको शव भैरहवास्थित भीम अस्पतालमा रहेको छ ।

स्थानीय भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू अचानक बेहोस भएका हुन् ।