समाचार

डेंगुको सङ्क्रमणबाट एक जनाको मृत्यु



काठमाडौँ, १७ भदौ । डेंगु सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको हो । पटेलका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । 

तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।