समाचार

दोरम्बाका पहिरो प्रभावितलाई राहत



काठमाडौँ, २१ भदौ । दोरम्बा शैलुङ गाउँपालिका–३ का पहिरो प्रभावितहरुलाई राहत हस्तान्तरण गरिएको छ ।

दोरम्बा शैलुङ गाउँपालिका, माओवादी केन्द्र निकट दोरम्बा–काठमाडौँ सम्पर्क मञ्च र रामेछाप काठमाडौँ सृजनशील समाजले राहत सामग्री हस्तान्तरण गरेका हुन् । दोरम्बा शैलुङ वडा नम्बर–३ स्थित लेखर्कमा भदौ ८ मा गएको पहिरोका कारण १० जनाले ज्यान गुमाए । ६५ परिवार विस्थापित भएका छन् ।

रामेछाप–काठमाडौँ सिर्जनशिल समाजले ३ लाख नगद, २७ बोरा चामल, दाल, चिनी र च्यूरा गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई हस्तान्तरण गरेको छ । समाजले उपलब्ध गराएको सामाग्री गाउँपालिका अध्यक्षले प्रभावित परिवारलाई उपलब्ध गराएका हुन् ।