समाचार

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण



काठमाडौँ, २४ भदौ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै फेरि आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार आज बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । 

चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।