समाचार

कर्णालीका चार जिल्लामा दुई दिनदेखि विद्युत अवरुद्ध



काठमाडौँ, २४ भदौ । कर्णालीका चार जिल्लामा विद्युत अवरुद्ध भएको छ ।

दैलेख-सुर्खेत विद्युत प्रसारण लाइनमा समस्या आएपछि हिजोदेखि सुर्खेत, कालीकोट , जुम्ला र मुगुको  विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसेत यादवका अनुसार अहिलेसम्म प्रसारण लाइनमा कहाँ र के समस्या आएको पत्ता लगाउन नसकेकाले मर्मतमा समस्या भइरहेको छ । प्राविधिक टोलीले विद्युत प्रसारण लाइनमा जाँच गरिरहेको उहाँले बताउनुभयो ।

हिजोदेखि विद्युत सेवा अवरुद्ध हुँदा त्यस क्षेत्रको  जनजीवन प्रभावित बनेको छ । विद्युत् सेवा ठप्प भएपछि इन्टरनेट, टेलिफोन लगायतका सञ्चार माध्यम र विभिन्न सरकारी तथा निजी कार्यालयको काम नियमित हुनसकेको छैन ।