Banner News

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, २४ भदौ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार आगामी २८ भदौको दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको हो । एमालेले वार्षिक कार्ययोजना तयार पार्न चरणबद्ध बैठकहरु राखिरहेको छ ।

गत १८–१९ भदौमा पोलिटब्यूरो बैठक बसेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि पोलिटब्यूरोका सदस्यहरुले दिएको सुझाव दिएका छन् । उनीहरुको सुझाव समेटेर कार्ययोजना तयार पार्नेगरी सचिवालय बैठक बोलाइएको हो ।