समाचार

पत्नीको हत्या आरोपमा युवक पक्राउ



काठमाडौँ, २५ भदौ । ललितपुरको धापाखेलमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार खोटाङको दिप्रुङचुङ्ग गाउँपालिका–७ घर भएर ललितपुर बस्ने भक्तिराज राईलाई पक्राउ गरेको हो ।

भदौ १२ मा भक्तिराजकी पत्नी ३५ वर्षीय शशिकला राई धापाखेल स्थित डेरामा मृत भेटिएकी थिइन् । उनलाई पतिले हत्या गरेको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । धापाखेल स्थित नखुडोलमा पत्नीसँगै बस्दै आएका भक्तिराजलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।