समाचार

मनकामना केबुलकार अब डिजिटल डी–कनेक्ट प्रणालीमा



काठमाडौँ, २५ भदौ । मनकामना केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ ।

मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो । 

अस्ट्रियाको केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।  

करीब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गते मंगलबारदेखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।