समाचार

बबई नदी सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, २८ भदौ । बर्दियास्थित बबई नदी शुक्रबार बिहान सतर्कता तह पार भएको छ ।

बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २८, बिहान ३:५० बजे । बर्दिया स्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।