अर्थ

परिसूचक नेप्से ४९ अंकले बढ्यो



काठमाडौँ, ९ असोज । आज सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो ।

म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे ।

२१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।