समाचार

सम्पर्कमा नरहेका २४ प्रहरीलाई उपस्थित हुन निर्देशन



काठमाडौँ, १० असोज । नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको हो ।