काठमाडौँ, १० असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन् ।
गोली लागेर उनका बुवा घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन ।
आज बिहान करिब पौने २ बजेतिर गोली लागेर २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको हो । ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई बाँया हातमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
बुवा र श्रीमतीलाई गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी हरिपुर्वाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्