काठमाडौँ, १० असोज । माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ ।
संवैधानिक इजलासले बुधबार जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेश गर्न आदेश गरेको छ ।
पूर्णमाया लामाले सापकोटासहित ६ जनाविरुद्ध २०६५ साउन २६ गते जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्