काठमाडौँ, ११ असीज । प्रहरीले दाङबाट बलात्कारमा संलग्न आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय लमहिबाट खटिएको टोलीले राजपुर गाउँपालिका–२ बेला बस्ने २७ वर्षीय रामप्रताप यादवलाई पक्राउ गरेको हो ।
आरोपीले २२ वर्षीया महिलालाई लमही नगरपालिका वडा नम्बर–७ स्थित करी सामुदायिक वनमा बलात्कार गरेको आरोप छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्