काठमाडौँ, १२ असोज । मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो । भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
भारी वर्षा र विभिन्न स्थानमा पहिरोका कारण सो क्षेत्र भएर चल्ने यातायात ठप्प छ । कतिपय सवारी र यात्रु बिच बाटोमै फसेका छन् ।
प्रतिक्रिया दिनुहोस्