काठमाडौँ, १५ असोज । यातायात व्यवसायीले सार्वजनिक बसको चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गएको शनिवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढी पहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको र गाडी चलाउने/नचलाउने अन्योलमा रहेको भन्दै व्यवसायीले टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले टिकट बुकिङ शुरू गरेकै दिन १२ गतेको विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताउनुभयो । उहाँले आज महासङ्घको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने र सबैको राय सुझाव समेटेर निर्णय गर्ने बताए ।
असोज १२ गते आएको बाढी पहिरोले काठमाडौँ उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा गाडी चलाउन कठिनाइ भएको छ ।
प्रतिक्रिया दिनुहोस्