काठमाडौँ, १६ असोज । दाङमा बलात्कार आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय दाङका अनुसार १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका – २ का २५ बर्षीय अनिल विश्वकर्मालाई पक्राउ गरेको हो ।
विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा पीडितको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका विश्वकर्मालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइने भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्