समाचार

यात्रुलाई ठगेको आरोपमा ६ जना चालक र सहचालक पक्राउ



काठमाडौँ, १८ असोज । काठमाडौँबाट प्रहरीले निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५ सयसम्म धेरै भाडा असुलेको आरोप छ । 

पक्राउ ग.१ ख ४४९९ नम्बरको माइक्रोबसका चालक डम्बर आलेमगर, सहचालक आयुष तामाङ, बा.४ ख. १११३ नम्बरको माइक्रोका चालक राजु बिक, बा.२ ख ८२८७ नम्बरको माइक्रो बसका सहचालक मिलन बिक छन् । 

तनहुँको खैरेनी जाँदै गरेको बा.५ख १०७६ नम्बरको चालक दीपकबहादुर नेपाली र पोखरा जाँदै गरेको बा.३ ख ६१६५ नम्बरको हायसका चालक प्रकाश मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १ हजारदेखि १५ सय सम्म धेरै भाडा असुलेको प्रहरीले जनाएको छ ।