अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।