बझाङ, १२ कार्तिक । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप सोमबार भोपूरमा दुर्घटना भएको हो । सात यात्रु चढेको जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शंकर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका छन् ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्