काठमाडौँ, १४ मंसिर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन पुगेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै सर्वोच्च पुगेका हुन् । त्रिपाठीले अधिकारीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने रिटमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्