समाचार

कोकिनसहित एक महिला पक्राउ



काठमाडौँ, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८४० ग्राम कोकिनसहित एक जना महिला पक्राउ परेकी छन् ।

आइतबार साँढे ५ बजे सशस्त्र प्रहरी बल नेपालको भन्सार सुरक्षा बेस र भन्सार कार्यालयको संयुक्त टोलीले केन्याकी एक महिलालाई लागुऔषध कोकिनसहित पक्राउ गरेको हो ।

केन्याकी चिलियन किरूबो ओगिटो पक्राउ परेकी हुन्। उनी कतार एयरवेजबाट आएकी थिइन् । उनले हातमा बोकेको ब्यागभित्र डल राखेको भेटिएको थियो । त्यसमा जाँच गर्दा कोकिन फेला परेको हो ।