मनोरञ्जन

मनिषालाई ‘हीरामण्डी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड



काठमाडौँ, १७ मंसिर । मनिषा कोइरालाले सञ्जयलीला भन्सालीको नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’बाट उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर ओटीटी अवार्ड जितेकी छन् । यो जितमा उनले सामाजिक संजालमार्फत खुसी व्यक्त गरेकी छन् ।

‘नायिकाको रूपमा मेरो पुनरुत्थान नै हीरामण्डी हो भन्ने कुरा यो अवार्डले प्रमाणित गर्छ । मैले मेरो प्रदर्शन, मेरो लुक, मेरो उर्दू उच्चारण, मेरो शारीरिक भाषामा साँच्चै कडा मेहनत गरेको छु’ उनले भनेकी छन् । ‘

मेरो चरित्र मल्लिकाजन रहस्यमय थियो । विचलित तुल्याउन सजिलो थिएन । उनी दया र क्रूरतालाई सहन सक्षम छिन् । मेरो लागि यो चरित्र सिर्जना गर्नुभएकोमा सञ्जयलीला भन्सालीलाई धन्यवाद दिन चाहन्छु’ मनिषाले भनेकी छन् ।