जनकपुरधाम, १८ मंसिर । धनुषामा उखु लोड भएको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका – ४ बिर्ताका २८ वर्षीय सुनिल दास रहेका छन् । ढल्केबरबाट सिरहा तर्फ जाँदै गरेको ज १ त ४६१६ नम्बरको ट्याक्टर पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका-६ जगदेव पुल नजिक मंगलबार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनमा परेर गम्भीर घाइते भएका चालक दासलाई लालगढ मोडेल हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको हो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्