काठमाडौँ, ९ पौष । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पौष १९ र २० गते पोखरामा हुने भएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने भएको छ । अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको हो । पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्