काठमाडौँ, १२ पौष । कास्कीको पोखरा महानगरपालिका–९ स्थित पार्वती टोलनजिकै खोचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।
हिँड्ने क्रममा अचानक खसेका उनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । बिहीबार बेलुका घटनास्थलनजिकको पार्वती टोल बस्ने ६१ वर्षीय उजीरबहादुर पुनको उद्धार गरिएको हो । उनी घरदेखि नजिकै डिँड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए ।
सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्