काठमाडौँ, १२ पौष । अन्डाको मूल्य एक हप्तामै दुईपटक बढाइएको छ ।
भोलिदेखि लागु हुने गरी ठूलो र मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको हो ।
नेपाल लेयर्स कुखुरा पालक संघले यसअघि यही पुस ५ गते पनि अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको थियो । यही अनुसार एक हप्तामै अन्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढेको हो ।
संघका अनुसार, अब चितवनमै मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट प्रतिक्रेट ५१४ रुपैयाँ २९ पैसा पर्नेछ । सातवटा क्रेटको एक पेटीको मिडियम अन्डाको मूल्य तीन हजार ५०० रुपैयाँ पर्नेछ । ठूलो अन्डाको मूल्य प्रतिपेटी तीन हजार ६०० पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्