राजनीति

नेपालको व्यवस्था नै भ्रष्टाचारको संरक्षक: अध्यक्ष लिङदेन



झापा, १४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

राप्रपा कोशी प्रदेशको आयोजनामा शनिबार इटहरीमा सम्पन्न विरोध सभामा उनले वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई झनै संरक्षण गरेको दाबी गर्दै लिङदेनले  नेपालका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । त्यसको सुरुवात राप्रपाबाट गर्न उनको आग्रह थियो । हिन्दू राष्ट्र अपरिहार्य रहेको उल्लेख गर्दै उनले देशका लागि राजासहितको प्रजातन्त्र आवश्यक रहेको बताए । 


रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाइएको उल्लख गर्दै अध्यक्ष लिङ्देनले यो हतियारले ठूला दलका कुनै नेता नजोगिने ठोकुवा गरे । ‘रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ,’ अध्यक्ष लिङदेनले भने, ‘अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन ।’