काठमाडौँ, १५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसार पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान् पर्व तमु ल्होसार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान् पर्व तोल ल्होसारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण ल्होसार पर्व मनाउने स्वदेश तथा विदेशमा वसोवास गर्ने सम्पूर्ण नेपालीलाई शुभकामना व्यत्त गर्नुभयो ।
सामाजिक सञ्जालमा शुभकामना सन्देस जारी गर्दै उहाँले भन्नुभएकोछ, ‘आज तमु ल्होसार, गुरुङ समुदायको प्रमुख पर्व । तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ । संस्कृतिमा हामी नेपाली धेरै धनी छौं । सबैलाई तमु ल्होसारको शुभकामना ।’
प्रतिक्रिया दिनुहोस्