राजनीति

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी पुरस्कृत गर्न आवेदन आह्वान



काठमाडौँ, १६ पौष । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन आह्वान गरेको छ । उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि,२०७६’अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।