राजनीति

शिक्षा क्षेत्र सुधारका निम्ति व्यापक जनदबाब आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौँ, १७ पौष । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यापक जनदबाबबाट शिक्षा क्षेत्रको सुधारका निम्ति आवाज उठाउनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंको माइतीघरमा आयोजित खुल्ला शैक्षिक बहसमा बोल्दै भट्टराईले मुलुकलाई अघि बढाउनका लागि शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको भन्दै यसका लागि व्यापक जनदबाब सिर्जना गर्नुपर्ने बताएका हुन् । 

केही पुराना भन्नेहरूले आन्दोलनभित्र पसेर लाभ लिने र चुनावको रोटी सेक्ने प्रवृत्ति रहेकाले सजग हुन उनले सुझाव दिए । भट्टराईले युवाको सक्रियतामा नै यस क्षेत्रको सुधार सम्भव रहेको धारणा राखे ।