काठमाडौँ, १८ पौष । रौतहटमा लाखौं मूल्य बराबरको भन्सार छलीको किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यानसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सीमावर्ती बजार बैरगनियाबाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनियाँ, रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २-००१ च ४००० नम्बरको पिक अप भ्यान बरामद गरेको हो ।
बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङ्कन गरी चालक गौर नगरपालिका ८ का दिनेश राउत बरै समेत आवश्यक कारबाहीको लागि बुधवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्