काठमाडौँ, १ माघ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज दसौँ राष्ट्रिय योग दिवस, २०८१ मनाइँदै छ ।
यस योग दिवसले देशभक्ति, पूर्वजहरूप्रति, हाम्रो प्रकृतिप्रति, हाम्रो यो भूखण्ड, हाम्रो यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस् भनी प्रधानमन्त्री ओलीले शुभकामना दिएका छन् ।
उनले भनेका छन्, ‘योग यस भूमिको उपज हो । हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो । आज योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा हो स्वास्थ्य रहनु । शारीरिक र मानसिक रूपले स्वास्थ्य रहनु । स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ ।’
प्रतिक्रिया दिनुहोस्