काठमाडौँ, १ माघ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राज्यले विविधताको संरक्षण गरी सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै समुदायका ऐतिहासिक सम्पदा संरक्षणमा सबै एकजुट हुनुपर्ने बताएका छन् । ।
माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देशमा उनले फरक जातजाति, भाषाभाषी मिलेर बनेको मुलुकमा विविधतामा एकता हुनु जरुरी रहेको उनले मुलुकमा सबै जाति तथा समुदायको संस्कृतिले समग्र नेपालीलाई सांस्कृतिक रूपमा एकताबद्ध बनाउन सहयोग पुर्याएको बताए । अध्यक्ष नेपालले थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाएर नयाँ आर्थिक कारोबार सुरु गर्ने जनाउँदै मगर समुदायलगायतले माघे सङ्क्रान्तिका रूपमा पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको मौलिक संस्कृतिको संरक्षणबाट नेपाल विश्वमा नै विविधतामा एकता भएको देशका रूपमा परिचित रहेको विचार व्यक्त गरे ।
अध्यक्ष नेपालले लड्डु, घ्यू, चाकु, तरुल तथा खिचडीलगायत परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको यस पर्वले सबै समुदायमा उमङ्ग र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्