काठमाडौँ, ४ माघ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार, पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंगलामुखी, शंखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।
प्रतिक्रिया दिनुहोस्